धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
माया तामाङ बोहराले पनि रोजिन नेकपा एस

नेकपा एस बन्यो सुदुरपश्चिम प्रदेश सभामा सबै भन्दा ठुलो  दल

अब एमालेसँग प्रदेश सभामा  १० सदस्य (सभामुख बाहेक) छन् । २०७४ को निर्वाचनपछि प्रदेश सभामा एमालेका २५ सदस्य हुन् ।

नेकपा एस बन्यो सुदुरपश्चिम प्रदेश सभामा सबै भन्दा ठुलो  दल
माया तामाङ बोहरासँग निर्वाचन कार्यालय पुगेका नेकपा एसका साँसदहरु

धनगढी  । प्रदेश सभा सदस्य माया तामाङ बोहराले सनाखत गरेपछि सुदुरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादी सबै भन्दा ठुलो दल बनेको छ । बझाङकी बोहराले सोमबार क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा गएर सनाखत गरेपछि नेकपा एसका प्रदेश सभा सदस्यहरुको संख्या १४ पुगेको छ ।

बहुमत प्रदेश सभा सदस्यले  नेकपा एस रोजेपछि सुदुरपश्चिम प्रदेश सभाको सबै भन्दा ठुलो दल नेकपा एमाले चौथो ठुलो दल बनेको छ । अब एमालेसँग प्रदेश सभामा  १० सदस्य (सभामुख बाहेक) छन् । २०७४ को निर्वाचनपछि प्रदेश सभामा एमालेका २५ सदस्य हुन् ।

सुदुरपश्चिम प्रदेश सभामा नेकपा माओवादी १३ सदस्य सहित दोश्रो ठुलो दल बनेको छ । प्रदेश सभामा काँग्रेसका १२  र जनता समाजवादी पार्टीका २ सदस्य रहेका छन् ।   

बोहराले सनाखत गरेको एक दिन अघि आइतबार सुदुरपश्चिमका भौतिक पुर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पुर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पुर्व राज्यमन्त्री प्रकाश रावलले  नेकपा एसको पक्षमा  सनाखत गरेका थिए ।

आन्तरिक मामिला मन्त्री पुर्णा जोशी, सामाजिक बिकास मन्त्री लाल बहादुर खड्का, भौतिक पुर्वाधार बिकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक बिकास राज्यमन्त्री मना कुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सभा सदस्य कुलबीर चौधरीअमर बहादुर साउँद, बल बहादुर सोडारी र सुशीला बुढाथोकीले भदौ १५ गते नेकपा एसको पक्षमा सनाखत गरेका थिए ।

नेकपा एमाले र र जनता समाजवादी पार्टी बिभाजित भएर नया दल बनेपछि  निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्ने समय दिएको छ ।

 एमाओवादीले एमाले प्रवेश गरेका कारण  झपट बोहरा हटाएपछि प्रदेश सभामा अहिले ५२ सदस्य रहेका छन्