धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमका ४३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका ४३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशका थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सोमबार प्रदेशभर ९ सय ४७ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ४३ जनामा संक्रमण पुष्टि भएकोहो । निर्देशनालयका अनुसार सोमबार १ सय २४ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा २६ र ८ सय २३ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएकोहो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ४ सय ६१ पुगेकोछ ।

स्वास्थय निर्देशनालयका अनुसार सोमबार सुदुरपश्चिमका विभिन्न अस्पतालमा उपचाररत ७ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निकोहुनेको संख्या ४५ हजार ८ सय १३ पुगेकोछ ।

सुदूरपश्चिममा कोरोना संक्रमणका कारण सोमबार सम्म ५ सय ८५ जनाको मृत्यु भएकोछ । सोमबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थय निर्देशनालयले जनाएकोछ । निर्देशनालयका अनुसार सुदूरपश्चिममा बिहीबार सम्म ३ लाख १८ हजार ९ सय ४ जनाको कोरोना परिक्षण गरिएकोछ ।

जसमा २ लाख ३ हजार ८ सय ४७ जनाको पिसिआर विधिबाट र १ लाख १५ हजार ५७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको निर्देशनालयले जनाएकोछ ।