धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

३ उप–प्रमुख सहित कैलालीका ५२ जनप्रतिनिधिले रोजे नेकपा एस

३ उप–प्रमुख सहित कैलालीका ५२ जनप्रतिनिधिले रोजे नेकपा एस

धनगढी । कैलालीमा नेकपा एमालेबाट निर्वाचित २ उपप्रमुख ५२ जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजबादी पार्टी राजेका छन् ।

कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमा कुमारी थापा र मोहन्याल गाउँपालिकाकी उपप्रमुख पूजा देखी बुढा मगरले एकिकृत समाजबादी पार्टी रोजेका छन् । यसैगरी कैलाली जिल्ला समन्वय समितिकी उपप्रमुख सुन्दरीदेवी चौधरी पनि एकिकृत समाजबादी पार्टीमा लेगेकिछन् ।

एमालेबाट निर्वाचित घोडाघोडी नगरपालिकाका वडाध्यक्ष टेक बहादुर बुढा, धन बहादुर बम, कार्यपालिका सदस्य रति कामी र वडा सदस्य लक्ष्मीरुद्र न्यौपानेले नेकपा एस रोजेका छन् । यस्तै लम्कीचुहा नगरपालिका बाट वडाध्यक्ष पुर्ण विष्ट, कार्यपालिका सदस्य भुमीसरा उपाध्याय, र भिमा चौधरी ले दस्तखत गरेका छन । यसैगरी भजनी नगरपालिका कार्यपालिका सदस्य टिकाराम भण्डारीले समेत आज दस्तखत गरेका छन ।

यसैगरी धनगढी उपमहागरपालिका१४ का अध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका५ का वडा अध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका५ का अध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका१ का अध्यक्ष गंगाराम आचार्य, गौरीगंगा नगरपालिका७ काअध्यक्ष दलबहादुर कुमाल सहित वडा सदस्य तारा प्रसाद थापा, सरस्वती देवी थारु, र ३ नम्बरका वडा सदस्य भागि देवी साउँद र मोहन्याल गाउँपालिका४ का अध्यक्ष टेकेन्द्र बोगटी रहेका छन् ।

कैलालीका १३ मध्य ८ स्थानीय तहमा एमाले वीजयी भएको थियो । एमालेले कैलालीको चुरे गाउँपालिका, गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा प्रमुख उपप्रमुख सहित जित हाँशिल गरेको थियो । टिकापुर नगरपालिका र भजनी नगरपालिकामा भने एमालेले प्रमुख पदमा जित हातपार्दा उपप्रमुख पराजय व्यहोरेको थियो ।

एमाले फुटाएर माधव नेपालले नयाँ पार्टी गठन गर्दा कैलालीबाट निर्वाचित ८ स्थानीयतहका प्रमुख भने एमालेमै रहेका छन् । एमालेबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको  निधन भएकोछ । यसैगरी स्थानीय निर्वाचनमा नेकपा माओबादीबाट निर्वाचित भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटा नेकपा एमालेमा प्रवेस गरेकिछन् ।