धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

१३ औ हलिया मुक्ति दिवसमा श्रीपाइली र  उपाध्याय सम्मानित

१३ औ हलिया मुक्ति दिवसमा श्रीपाइली र  उपाध्याय सम्मानित

धनगढी  हलियाहरुको मुक्ति र पुनस्र्थापनको आन्दोलनमा योगदान पुरयाएको भन्दै मुक्त हलिया समाज महासँघले संविधान सभा सदस्य हरि श्रीपाइली र सुदुरपश्चिमका मुख्य न्यायाधिबक्ता कुलानन्द उपाध्यायलाई सम्मानित गरेको  छ ।

१३ औ मुक्त हलिया दिवसको अवसरमा कन्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सीताबस्तीमा सोमबार आयोजित  कार्यक्रममा महासँघले श्रीपाइली  उपाध्यायलाई सम्माति गरेको हो ।

सुदुरपश्चिमका मुख्यमन्त्री क्रिलोचन भट्टले श्रीपाइली र उपाध्यायलाई दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सम्मानित श्रीपाइलीले आफु सधैभरि मुक्त हलियाहरुको  आर्थिक सामाजिक न्यायका लागि संघर्षरत रहने बताए ।