धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेकोछ । २०७४ मंसिरमा सम्पन्न प्रदेसभाको निर्वाचनका क्रममा ४ दल (नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस र राजपा) को प्रतिनिधित्व रहेको थियो । एमाले र माओबादी केन्द्र मिलर नेकपा बनेसंगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ३ मात्रै थियो ।

सर्बोच्च अदालतले नेकपा खारेज गरेसंगै फेरी ४ दलको प्रतिनिधित्व रहेको प्रदेससभामा एमाले र जसपा फुटे पछि  दलको संख्या ६ पुगेकोहो । हाल सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकिकृत समाजबादी पार्टी, नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजबादी पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीको प्रतिनिधित्व रहेकोछ ।

५२ सदस्यिय प्रदेसभामा नेकपा (एस) का १४, माओबादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११ तथा जसपा र लोसपाका १÷१ जना प्रदेशसभा सदस्य रहेका छन् । एमालेबाट निर्वाचित अर्जुन बहादुर सिंह सभामुख रहेका छन्, भने माओबादी बाट एमालेमा प्रबेस गरेका पुर्व अर्थमन्त्री झपड बोहरा कारवाहीमा परेका छन् ।