धनगढी पोष्ट
मङ्गलबार, २२ भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १५ जनामा संक्रमण पुष्टि भएकोछ ।
मंगलबार १ सय १६ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार मंगलबार सेती अस्पतालमा उपचाररत १ जनाको मृत्यसभएको छ । मंगलबार सम्म १७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।