धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कैलालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

कैलालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

धनगढी, 
   कैलालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा कैलालीकोे गोदावरी नगरपालिका–७ का ५० बर्षे पुरुष रहेका छन् । 
   उनलाई क्यान्सरको उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएकोमा बिहीबार कोरोना संक्रमण पुष्टी भएको थियो । शनिबार विहान ९ बजे ती व्यक्तिको मृत्यु भएको अस्पतालले जनाएको छ ।
   योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस अघि धनगढी–४ की मृगौला पिडित महिला, गोदावरी नगरपालिकाका पुरुष र लम्कीचुहा नगरपालिकाकी महिलाको पनि कारोना संक्रमणका कारण मृत्यू भएको थियो । हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने देशभर मृत्यू हुनेको संख्या २८ पुगेको छ ।