धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
सुदूरपश्चिम प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्री र राजयमन्त्रीले दिए राजिनामा

आर्थिक मामिला तथा योजना मन्त्री र राजयमन्त्रीले दिए राजिनामा

धनगढी । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । दुवै जनाले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

एमाले विभाजनपछि काम गर्ने वातावरण नभएकाका कारण राजिनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए । उनले पार्टी र पदमा एउटा रोज्नुपर्ने अवस्थामा पदको लोभमा आफु नपरी राजिनामा दिएको मन्त्री शाहले बताए । विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए । सो समयमा केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी र प्रदेश कमिटीले गरेको निर्णयविरुद्ध शाह र गहतराज पटकपटक उभिएका थिए ।

अर्थ राज्यमन्त्री अर्चना गहतराजले आफु पदको लोभमा नलागेको बताइन् । मेरो नाम नेकपा (एस) मा जोडेर बदनाम गराउन खोजिएको थियो, उनले भनिन्,‘तर मैले एमालेलाई छोड्ने सोच कहिल्यै बनाइन, अव पार्टीको नीति अनुसार काम गर्नेछु ।