धनगढी पोष्ट
मङ्गलबार, २२ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका २९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबार प्रदेशका ११ सय २० जनाको स्वास्थय परिक्षण गरिएकोमा २९ जनामा संक्रमण पुष्टि भएकोहो । स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार प्रदेशमा १ सय ४३ जनाको पिसिआर विधिबाट स्वास्थ्य परिक्षण गर्दा २० जना र ९ सय ७७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
सो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुको संख्या ४६ हजार ४ सय ९० पुगेकोछ ।
स्वास्थय निर्देशनालयका अनुसार मंगलबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपशिचममा कोरोना निकोहुनेको संख्या ४५ हजार ८ सय २३ पुगेकोछ ।
सुदूरपश्चिम प्रदेशका मंगलबार कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबार कञ्चनपुरका ६० बर्षिय कोरोना संक्रमित १ जना पुरुषको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोहो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ८६ पुगेकोछ ।
सुदूरपश्चिममा मंगलबार सम्म २ लाख ३ हजार ढ सय ९० जनाको पिसिआर विधिबाट र १ लाख १५ हजार ९ सय ७७ जनाको एन्टिजेन विधिबाट गरी ३ लाख १९ हजार ९ सय ६७ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकोछ ।