धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिममा ५ स्थानीय तहका प्रमुख र ७ उप प्रमुखले रोजे नेकपा (एस)

सुदूरपश्चिममा ५ स्थानीय तहका प्रमुख र ७ उप प्रमुखले रोजे नेकपा (एस)

धनगढी सुदूरपश्चिम प्रदेशमाका स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित ५ जना प्रमुख र ७ जना उपप्रमुख नेकपा एकिकृत समाजबादी पार्टीमा लागेका छन् ।

प्रदेशका ८८ स्थानीय तह मध्य एमालेले ४१ स्थानमा प्रमुख र ४३ स्थानमा उप प्रमुख पदमा जित हाँशिल गरेको थियो । एमाले फुटेर एकिकृत समाजबादी पार्टी बन्दा विजेता मध्य ५ जना प्रमुख र ७ जना उपप्रमुखले नयाँ पार्टी रोजेका हुन् ।

नेकपा (एस) रोज्ने प्रमुख हरुमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर जीवन थापा, डोटीको पूर्विचौकि गाउँपालिका अध्यक्ष दिर्ग बोगटी, बझाङको केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जिवी शाही र अछामको साँफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवर रहेका छन् ।

यसैगरी एकिकृति समाजबादी पार्टी रोज्ने उप प्रमुखमा कैलालीको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उप प्रमुख प्रेमाकुमारी थापा, मोहन्याल गाउँपालिकाकी उप प्रमुख पूजादेवी बुढामगर, डोटीको दिपायल शिलगढी नगरपालिकाका उप प्रमुख शिवराज खड्का, बझाङको केदारस्यू गाउँपालिकाकी उप प्रमुख निशा धामी, बाजुराको स्वामी कार्तिक गाउँपालिकाकी उप प्रमुख निमा बुढा र अछामको साँफेबनगर नगरपालिकाकी उप प्रमुख निर्मला बुड्थापा रहेका छन् ।

सुदूरपश्चिममा एमालेबाट निर्वाचित  स्थानीय तह मध्य अछामको साँफेबगर नगरपालिकाकाबझाङको केदारस्यु गाउँपालिका र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका प्रमुख र उप प्रमुख दुवैले एकिकृत समाजबादी पार्टीमा रोजेका छन् ।