धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
प्रसंग साक्षरता दिवस

सुदूरपश्चिमका पहाडी जिल्ला साक्षर, कैलाली निरक्षर

सुदूरपश्चिमका पहाडी जिल्ला साक्षर, कैलाली निरक्षर

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला साक्षर घोषणा हुँदा विकास र जनसंख्याका दृष्टिले सुदूरपश्चिमकै सवै भन्दा सुगम मानिने कैलाली निरक्षरको रहेकोछ ।

कैलालीलाई पूर्ण साक्षर बनाउने अभियान सुरु गरेको ९ बर्ष पुगे पनि त्यो सम्भव भएको छैन । प्रदेशका ७ पहाडि जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

कैलालीमा हाल सम्म दुई वटा स्थानीय तह मात्रै साक्षर घोषणा भएका छन् । साक्षर घोषणा हुने दुई वटै गाउँपालिका छन् । कैलालीको जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकालाई साक्षर घोषणा गरिएकोछ । तर सुदूरपश्चिम प्रदेशकै एक मात्र धनगढी उपमहानगरपालिका सहित कैलालीका ६ नगरपालिका अझै निरक्षरको सूचिमा रहेका छन् । यसैगरी कैलालीकै ४ गाउँपालिका पनि निरक्षरकै सूचिमा रहेका छन् ।

आर्थिक बर्ष २०६६÷०६७ बाट थालिएको साक्षर जिल्ला घोषणा कार्यक्रम यस अवधी सम्म आइपुग्दा तथ्याङ्कले कैलालीका साक्षरता दर ९७ प्रतिशत देखाउँछ । तर पटकपटक साक्षर जिल्ला घोषणा गर्न लिइएको लक्ष भने असफल हुँदै आएकोछ । सर्वपर्थम २०७२ मंसिर मा कैलालीलाई पहिलोपटक पूर्ण साक्षर जिल्ला घोषणा गर्न तयारी भएको थियो । तर सो समयमा चुनावी गतिविधीका कारण लक्ष पुरा नभएको भन्दै शिक्षा अधिकारी पञ्छिए ।

२०७२ पछि २०७५ मा मात्रै कैलालीलाई साक्षर जिल्ला घोषणा गर्न पहल थालिएको थियो । २०७५ भदौमा जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने योजना तय गरियो । सो समयमा कैलालीको चुरे  र मोहन्याल गाउँपालिकाले काम गर्न नसकेको भन्दै लक्ष्य पर धकेलिएको थियो । त्यस यता ३ पटक लक्ष्य सारिदै आएकोमा कोरोना संक्रमण पछि भने साक्षर घोषणा कार्यक्रम अलपत्र परेकोछ ।

पछिल्लो पटक २०७६ जेठ २० गते भित्र जिल्ला लाई पूर्ण साक्षर घोषणा गर्ने अन्तिम लक्ष्य निधारण गरिएको थियो,  जिल्ला शिक्षा समन्वय इकाई धनगढीका प्रमुख प्रतापसिंह धामीले भने,‘त्यस अवधिमा पनि मोहन्याल गाउँपालिकामा समस्या देखियो, त्यस यता भने कोरोनाका कारण काम गर्न सकिएको छैन ।

अहिले कैलालीका स्थानीय तहलाई साक्षर बनाउने काम भइरहेको उनले बताए । पालिकालाई साक्षर घोषणा गरेर यसैबर्ष जिल्लालाई साक्षर घोषणा गर्ने तयारी गरिएको उनले बताए । अहिले पनि मोहन्याल गाउँपालिका र भजनी नगरपालिकामा केही समस्या देखिएकोछ, समन्वय समिति प्रमुख धामीले भने, ‘ती पालिकामा थप शैक्षिक कार्यक्रम सञ्चालन गरेर भएपनि हामीलाई यस बर्ष भित्र लक्ष्य पुरागर्नुपर्ने बाध्यता छ ।

उनले बसाईसराईका कारण कैलालीलाई साक्षर जिल्ला घोषणा गर्न समस्या भएको बताए । प्रदेशका पहाडी जिल्लाबाट कैलालीमा बसाई सर्नेक्रम उच्च छ, उनले भने, ‘त्यसरी बसाई सरेर आउने धेरै निरक्षर हुन्छन्, तीनको पहिचान गरी साक्षर बनाउनु ठुलो चुनौती बनेकोछ ।

२०६८ को जनगणना अनुसार कैलालीमा १ लाख ५५ हजार ५ सय ७० नागरिक निरक्षकर रहेका थिए । २०७० सालमा कैलालीमा सञ्चालन गरिएको साक्षर नेपाल अभियान मार्फत १ लाख ६० हजार ७ सय ३२ जनालाई साक्षर गरिएको थियो । त्यस लगत्तै पुनः निरन्तर शिक्षा मार्फत ७२ हजार ३४ मानिसलाई साक्षर बनाई साक्षरता दर ९७ दशमलव २ प्रतिशत पु¥याइएको तथ्याङ्क छ ।