धनगढी पोष्ट
बुधबार, २३ भदौ २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का केही बुद्धा घातक रहेको भन्दै त्यसता बुदा परिमार्जन नगरी एमसिसि पारित हुन नहुने बताएका छन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकमा उनले एमसीसी सम्झौतामा भएका नराम्रा बुदाबारे जानकारी गराएका थिए ।
उनले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए । रावलले केहि प्रावधान र सम्झौता राष्ट्रिय हित विपरित रहेकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अरुदेशजस्तै अमेरिकासँग पनि राम्रो सम्बन्ध राख्न चाहेको भएपनि नेपाललाई नराम्रो हुनेगरी अरुदेश संग सम्झौता गर्न नहुनेबताए । विगतमा अमेरिकाबाट आएका सहयोगमा प्रश्न नउठेको धारणा राख्दै उनले एमसीसी सम्झौताका केहि बुँदा राष्ट्रहित विपरित रहेकाले प्रश्न चिन्ह उठेको स्पष्ट पारे ।
रावलले एमसीसीमा नेपाल र अमेरिकाबीच द्विपक्षिय सम्झौतामा तेस्रो पक्षको पनि अनुमति लिनुपर्ने प्रावधान गलत रहेको बताए। एमालेलाई विभाजन स्वीकार्य नभएको बताउँदै उनले अहिलेको आवश्यकता एमाले एकजुट हुनुपर्नेमा जोड दिए ।