धनगढी पोष्ट
बुधबार, २३ भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १३ जनामा संक्रमण पुष्टि भएकोछ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बुधबार अस्पतालमा ६९ जनाको स्वाव परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएकोहो । उनका अनुसार बुधबार सेती अस्पतालमा उपचाररत ३ जना कोरोना निकोभएर घर गएका छन् ।
हाल १७ जना संक्रमितको सेती अस्पतालमा उपचार भइरहेकोमा ७ जनालाई आइसियु र ३ जनालाई भेन्टिलेटर कक्षमा राखिएको सूचना धिकारी श्रेष्ठले बताए ।