धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

गर्भवती तथा सुत्केरीलाई स्वास्थ्यकर्मीको राहत

धनगढी

  नेपाल जनस्वास्थ्य संघको सुदूरपश्चिम प्रदेश समितिले धनगढी उपमहानरपालिकाका दुई वडामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहत बितरण गरेको छ ।

  मिथिला वाइल्ड लाइफ ट्रष्ट र बुअरको आर्थिक सहयोगमा संघले शनिबार उपमहानगरपालिकाको वडा नम्बर १२ जुगेडाको ए गाउँ, डी गाउँ र सिद्धार्थनगर तथा वडा नम्बर ७ का बेली र पटेला गाउँका कमजोर आर्थिक अवस्थाका ५२ गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहत सहयोग गरेको हो ।

  जनस्वास्थ्य संघका सुदूरपश्चिम समितिका सहसचिव अशोक जोशीका अनुसार १५ केजी चामल, १ केजी, दाल, गेडागुडीका लागि १ केजी चना, २ पाकेट नुन, १५ वटा अण्डा, १ लिटर खानेतेल र फलफूल गरी एक जनालाई १ हजार ६ सय बराबरको राहत उपलब्ध गराइएको छ ।

  यस्तै संघले राहत दिएका ५२ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई कोभिड १९ बाट सुरक्षित रहन हात धुनका लागि साबुन र घर बाहिर निस्कनु पर्दा लगाउन मास्क समेत दिइएको सहसचिव जोशीले बताए । प्रति ब्यक्ति दुई वटा साबुन र १० वटा सर्जिकल मास्क उपलब्ध गराएको उनले जानकारी दिए ।