धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कञ्चनपुरमा नेकपा (एस) रोजेका जनप्रतिनिधी एमाले मै फर्किए

कञ्चनपुरमा नेकपा (एस) रोजेका जनप्रतिनिधी एमाले मै फर्किए

धनगढी । कन्चनपुरमा नेकपा (एस)को पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधीले पुनः एमालेमा नै बस्ने घोषणा गरेका छन् । बुधबार एक प्रेस बिग्यप्ती जारी गर्दै उनिहरुले एमालेमा नै बस्ने बताएका हुन ।

एमाले फर्कने जनप्रतिनिधीमा जिल्ला समन्वय समिति सदस्य  डिट्ठा राना, लालझाडी गाउँ पालिका वडा न.३ मा एमालेवाट निर्वाचित वडा सदस्य  भगत राम चौधरी र शान्ती कामी रहेका छन् । तीनै जनाले नेकपा (एस) का पक्षमा स्नाखत गरिएको भए पनि आफुहरु एमाले मै रहेको बिज्ञप्ती मार्फत जनाएका हुन । उनिहरुले निर्वाचित पद रहे पनि नरहे पनि  एमाले नछोड्ने विज्ञप्तिमा उललेख गरेका छन् ।