धनगढी पोष्ट
बुधबार, २३ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार प्रदेशका १२ सय १८ जनाको स्वास्थय परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएकोहो ।
बुधबार ९९ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा १५ र ११ सय १९ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकोछ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ५ सय २३ पुगेकोछ ।
स्वास्थय निर्देशनालयका अनुसार बुधबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निकोहुनेको संख्या ४५ हजार ८ सय ३४ पुगेकोछ ।
कोरोना संक्रमणका कारण सुदूरपश्चिममा बुधबार सम्म ५ सय ८६ जनाको मृत्यु भएकोछ । बुधबार भने सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुको संख्या शुन्य रहेको निर्देनालयले जनाएकोछ ।