धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस अधिवेसन अनिश्चित

सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस अधिवेसन अनिश्चित

धनगढी । सुदूरपश्चिमका तीन जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेसन अनिश्चित बनेकोछ ।

भदौ १८ गते देखी सुरु भएको अधिवेसन अन्तरगत प्रदेशका ६ जिल्लामा कांग्रेसको वडा अधिवेसन सम्पन्न भएपनि कैलाली डडेल्धुरा र बाजुरामा भने अधिवेसन अनिश्चित बनेकोछ । क्रियाशिल सदस्यतामा भएको विवादका कारण ३ जिल्लामा अधिवेसन हुन नसकेकोहो । विवादित तीनै जिल्लामा मनोमानी क्रियाशील सदस्यता वितरण गरेको भन्दै विवाद भएकोहो ।

कांग्रेसको क्रिायशिल सदस्य विवाद कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा देखिएको काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले बताए । उनले विवाद समाधान गर्न छानबिन भइरहेको बताए ।

डडेल्धुरामा मनोमानी क्रियाशिल सदस्यता वितरण गरिएको भन्दै कर्ण मल्ल लगायतका नेताले विरोध गरेपछि वडा अधिवेसन हुन सकेको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले पुरा नेतालाई पाखा लगाएर मापदण्ड नै नपुगेका खल्तिका कार्यकर्तालाई क्रियाशिल सखस्यता वितरण गरेको भन्दै डडेल्धुरामा विवाद सुरु भएको थियो ।

डडेल्धुरामा निर्वाचन समितिले यही भदौ २५ गतेका लागि वडा अधिवेसन तोकेकोछ । तर जिल्ला सभापतिले विज्ञप्ती जारी गर्दै २५ गतेका लागि तोकिएको अधिवेसन स्थगित गरेको छ । डडेल्धुरामा कांग्रेसका ४ सय बढी पुराना नेताको नाम क्रिायाशिल सदस्यताबाट हटाइएको उनको आरोप छ ।

बाजुरामा पनि क्रियाशिल सदस्यता विवादका कारण अधिवेसन अनिश्चित बनेकोछ ।  संस्थापन पक्षले अवैधानिक तरिकाले क्रियाशिल सदस्यता बाँडेको भन्दै विवाद भएपछि बाजुरामा अधिवेसन क्रियाशिल सदस्यता छानविन हुनुपर्ने माग गरिएकोछ । 

काँग्रेस बाजुराका नेता तथा त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले जिल्ला सभापतिको मिलेमतोमा अवैधानिक तरिकाले क्रियाशिल सदस्यता बाँडेको बताए । उनले ४ सय ५१ जनाको फर्जी नामावली तयार गरी संस्थापन पक्षले एकलौटी गर्न खोजेको र कांग्रेस बाजुरालाई कम्जोर बनाउन खोजिएको आरोप लगाए ।