धनगढी पोष्ट
बिहिबार, २४ भदौ २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले कांग्रेस कैलालीका नेता पुष्करनाथ ओझाको कारवाही फुकुवा गर्न माग गरेका छन् ।
२०७४ मंसिरमा सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन भूमीका खेलेको भन्दै कारवाहीमा परेका कैलाली कांग्रेसका नेता पुष्करनाथ ओझालाई कारवाही गरिएको थियो ।
पूर्व राज्यमन्त्री ओझामाथि अनुशासनको कारबाही गरिएको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएर विमलेन्द्र निधीले ओझामाथि गरिएको गरिएको कारबाही फिर्ता लिन माग गरेका हुन् ।
ओझा निकट कैलालीका काँग्रेस नेता तथा कार्यकर्ताले पनि कारबाही फिर्ता लिन माग गर्न थालेका छन् । ओझालाई ५ वर्षकका लागि पार्टीबाट निस्किासन गरिएको थियो । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेको थियो ।