धनगढी पोष्ट
बिहिबार, २४ भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी उप–महानगरपालिका ९ बाट प्रहरीले भन्सार छलि गरेर नेपाल भित्र्याउँदै गरेको करिव ३३ हजार मुल्य बराबरको सामाग्री बरामद गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याउँदै गरेको अवस्थामा अनुमानित ३२ हजार ९ सय मुल्य बराबरको सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । बरामद गरिएको सामाग्री त्रिनगर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएकोछ ।