धनगढी पोष्ट
बिहिबार, २४ भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।
बिहीबार अस्पतालको प्रयोगशालामा ७३ जनाको स्वाव परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार बिहीबार अस्पतालमा १७ जना भर्नाभएका छन् । ती मध्य ७ जनाको आइसियु र ३ जनाको भेन्टिलेटर कक्षमा उपचार भइरहेको सूचाना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार बिहीबार सेती अस्पतालमा उपचाररत २ जना कोरोना निकोभएर घर गएका छन् ।