धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

अट्वारी पर्वका अवसरमा २७ गते सार्वजनिक विदा

अट्वारी पर्वका अवसरमा २७ गते सार्वजनिक विदा

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा भदौ २७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएकोछ । थारु समुदायको महत्वपुर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते तराईका दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेकोहो । 
सुदूरपश्चिम प्रदेश सरकारको २०७८ बैशाख १९ गते बसेको मन्त्रिपरिगादको निर्णय अनुसार थारु समुदायले भव्यताकासाथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली, कञ्चनपुरमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएकोछ । 
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीका अनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अँट्वारीको लागि भदौं २७ गते एक दिन विदा दिने निर्णय गरिएकोहो ।