धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

एमसिसि परित गर्न सरकार संग बहुमत छ : ओली

एमसिसि परित गर्न सरकार संग बहुमत छ : ओली

धनगढी । नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओलीले एमसिसि परियोजना पारित गर्न सरकार संग प्रयाप्त बहुमत रहेको बताउँदै एमालेको साथ आवश्यक नपर्ने बताएका छन् ।

बिहीबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह पछि ओलीले यस्तो बताएका हुन् ।

बिहीबार नेपाल भ्रमणमा आएकी (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् । ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी अघि बढाउन आग्रह गरेकी थिइन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका । ओलीले एमसीसी सम्झौताका विषयमा सरकारले आफूहरुसँग छलफल पनि नगरेको बताएका एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले बताए ।