धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

डडेल्धुरा कांग्रेसको अधिवेसन सुरु, जिल्ला सभापतिद्वारा बहिस्कार

डडेल्धुरा कांग्रेसको अधिवेसन सुरु, जिल्ला सभापतिद्वारा बहिस्कार

धनगढी । क्रियाशिल सदस्यता विवाद कायमै रहेका वेला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेसन सुरु भएकोछ ।

तर डडेल्धुराका कांग्रेस सभापति कर्ण मल्लले भने अधिवेसन बहिस्कार गरेका छन् । सभापति मल्लले सुरक्षाकर्मीको वलमा नियम विपरित अविधेसन गरेर निरङकुसता लादेको आरोप लगाएका छन् । केन्द्रबाटै सुरक्षाकर्मी परिचान गरी निरङकुस शैलीमा अधिवेसन गर्न खोजिएकोछ, मल्ले भने,‘अप्रजातान्त्रिक अभ्यासमा हामी सहभागि हुँदैनौं, हामीले त्यासको विरोध गरेका छौं ।

उनि संगै कांग्रेस जिल्ला उपसभापती करुणा कर भट्ट, तथा माहाअधिवेसन प्रतिनिधि हरि प्रसाद भट्ट पनि सभापतीको आकांक्षिका रुपमा रहेका भएपनी क्रियासिल सदस्य बिवादका कारण भन्दै अधिवेसनमा भाग नलिने भएका हुन ।

डडेल्धुराका लागि कांग्रेस महाँधिवेसन निर्वाचन अधिकृत लोकेन्द्र बमले भने डडेल्धुराका ५२ वटै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको बताए । उनले आधा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको र बाँकी वडामा अधिवेसन भइरहेको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट पर्शुराम नगरपालिकाका मेयर भीम बहादुर साउँदले भने अधिवेसनमा कसैको विरोध नभएको बताए । उनले सवै स्थानमा शान्तिपुर्ण तरिकाले अधिवेसन भएको बताए । जिल्लाका ४५ जना वडा सभापतिको हस्ताक्षरमा अधिवेसन सुरु गरिएको उनले बताए । अधिवेसन गर्नुपर्छ भन्दै ४५ जना वडा सभापतिले हस्ताक्षेर गरेपछि प्रक्रिया अघि बढाइएको हो, ‘उनले भने, ‘अधिवेसन पनि शान्तिपुर्ण तरिकाले सम्पन्न हुँदैछ ।

डडेल्धुरामा जिल्ला कार्यसमितिले क्रियाशीलका लागि पठाएका सदस्यको नाम काटिएको भन्दै विवाद सुरु भएको थियो । जिल्ला कार्यसमितिले ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाएर आफु अनुकुलका व्यक्तिको नाम राखिएको भन्दै सभापति कर्णा मल्ल लगायतले विरोध गर्दै आएका थिए ।

७ औ जिल्ला अधिवेसनका लागी सभापति पदका उमेदवार भिम बहादुर साउंद परशुराम नगरपालिका वडा नं १२ को मतदान केन्द्रमा छन, भने अधिवेसनमा उपसभाती पदका उमेदवार लक्ष्मी अवस्थी नबदुर्गा गाउंपालीका वडा नं २, उपसभापती पदका अर्का उमेदवार डिल्ली राज जोशी अमरगढी नगरपालिका वडा नं २, सचिव पदका उमेदवार हेमराज चटौत भागेश्वर गाउंपालिका वडा नं ४, सचिव पदका अर्का उमेदवार शेर बहादुर भण्डारी गन्यापधुरा गाउंपालिका वडा नं ५, र प्रदेस क क्षेत्रिय सभापति पदका उमेदवार कैलास कुमार पाण्डेय परशुराम नगरपालिका वडा नं ३ को मतदान केन्द्रमा रहेको कांग्रेस संगठन बिभाग सदस्य शेर बहादुर भण्डारीले बताए ।