धनगढी पोष्ट
शुक्रबार, २५ भदौ २०७८ मा प्रकाशित
धनगढी । दार्चुला स्थित बाढी पहिरोबाट प्रभावित भएको दुहुँ गाउँपालिकामा पठन पाठन गर्न समस्या भएकोछ ।
कोभिड संकट व्यवस्थापन समिति भदौ १३ गने देखीनै शैक्षिक संस्था सुचारु गर्न अनुमति दिएको भएपनि दार्चुलाले दुहुँ गाउँपालिका–४ का विद्यालयमा पहिरोपिडतले आश्रय लिएका छन् । बाढी, पहिरो प्रभावित परिवारले विद्यालयमा आश्रय लिएपछि पठनपाठन हुन नसकेको गाउँपालिकाले जनाएकोछ ।
दुहुँ गाउँपालिकाका विद्यालय निरिक्षक हेमराज जोशीका अनुसार वडा नम्बर–४ स्थित गौरीलमाण्डौ माध्यामिक विद्यालय हिकिला, आधारभुत विद्यालय गुना, सुत्खोला र गरमोरा माविमा वाढि, पहिरो पिडित बस्दै आएका छन् । पिडित परिवारको अन्यत्र व्यवस्थापन गर्न नसक्दा पठन पाठनमा समस्या भएको विद्यालय निरिक्षक जोशीले बताए ।