धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

डडेल्धुरामा जबरजस्ती वडा अधिवेसन गराएको भन्दै रामचन्द्र पौडेलको आपत्ति

डडेल्धुरामा जबरजस्ती वडा अधिवेसन गराएको भन्दै रामचन्द्र पौडेलको आपत्ति

धनगढी । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादबीच नै वडा अधिवेशन सुरू गरिएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

शुक्रबार देखी सुरु भएको वडा अधिवेसनमा कांग्रेसका सभापति मल्ल पक्षले भाग लिएका छैनन् । विवाद समाधान गरेर मात्र अधिवेशन गर्न वरिष्ठ नेता पौडेललगायत उनी पक्षका नेताले बालुवाटार पुगेर शुक्रबार बिहान सभापति देउवाको ध्यानाकर्षण गरे पनि विवादबीच नै अधिवेशन सुरू गरिएको छ ।

विवादबीच र जिल्ला कार्यसमितिको असहमतिबीच नै अधिवेशन गराएर प्रशासनिक शक्तिकोसमेत दुरूपयोग सभापतिबाट भएको पौडेलको आरोप छ ।

विवादकै विच अधिवेसन गराएको प्रति असन्तिुष्टि पोख्दै पौडेलले कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो, भन्दै सााजिक सञ्जालमा स्टाटस पोष्ट गरेका छन् ।

पौडेलले पार्टीको निर्वाचनमा यसरी शक्तिको दुरूपयोग हुनु आपत्तिजनक भएको बताएका छन् । उनले लोकतान्त्रिक पद्धति अंगालेको कांग्रेसका लागि डडेल्धुरामा भएको घटना शुभसंकेत नभएको जनाएका छन् ।