धनगढी पोष्ट आइतबार, ११ साउन २०८२   July 27, 2025

संसद विघटन पछि एमाले भित्र बनेको समानान्तर कमिटी नेकपा (एस) परिणत

संसद विघटन पछि एमाले भित्र बनेको समानान्तर कमिटी नेकपा (एस) परिणत

धनगढी । नेकपा एमालेका अध्यक्ष केपि ओलीले संसदन विघटन गरेसंगै भएको विवादका कारण कैलालीमा गठन गरिएको समानान्तर कमिटि नेकपा ( एकीकृत समाजवादी) मा परिणत भएकोछ । शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले यस अघि संसद विघटनका विरोध गर्न गठन गरिएको समानान्तर कमिटिलाई नेकपा (एस) मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए ।

एमालेका निर्वाचित अध्यक्ष दीर्घ सोडारी अध्यक्ष रहेको १ सय ५१ सदस्यीय समानान्तर कमिटी नेकपा (एस) मा गएको हो । कैलालीमा नेकपा एमालेको ९ औं महाँधिवेसनबाट निर्वाचि पदाधिकारी मध्य ५६ जनाले नेकपा (एस) रोजेका छन् । एमाले कैलालीको जिल्ला कार्यसमिति ९६ सदस्यीय रहेकोछ ।

जसको अध्यक्ष हाल नेकपा (एस)मा लागेका दिर्घ सोडारी थिए । एमालेमा विवाद हुँदा सोडारीको नेतृत्वमा बनेको समानान्तर कमिटी नै नेकपा (एस) मा आएको सचिव जोशीको दावी छ ।

समानान्तर कमिटिलाई नेकपा (यस)मा परिणत गरियसंगै शुक्रबार नै नेकपा (एस) को प्रथम बैठक बसेको छ ।

केन्द्रीय सदस्य माया भट्टको प्रमुख आथित्यतामा भएको बैठकमा पुराना नेता दिनेश चन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालिन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति रहेको छ ।