धनगढी पोष्ट
शुक्रबार, २५ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थय निर्देशनालय डोटीका अनुसार शुक्रबार प्रदेशभर ७ सय ३८ जनाको कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएकोहो । निर्देशनालयका अनुसार शुक्रबार ७ सय १७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १० र २१ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएकोहो ।
शुक्रबार थपिएका संक्रमित सहित सुदूरपश्चिममा हाल सम्म ४६ हजार ५ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शुक्रबार सुदूरपश्चिममा १६ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निकोहुनेको संख्या ४५ हजार १ सय ९४ पुगेकोछ । सुदूरपश्चिममा शुक्रबार सम्म ५ सय ८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोछ । शुक्रबार भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएकोछ ।