धनगढी पोष्ट
शनिबार, २६ भदौ २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमका ७ जिल्लामा स्थित ५ सय ३५ वडामा अधिवेशन सम्पन्न गरेकोछ । कैलाली र बाजुरामा भने विवादका कारण कांग्रेस अधिवेसन हुन सकेको छैन । जिल्ला बाहेक अन्य ७ जिल्लाका ५ सय ३५ वडामा अधिवेशन सकिएको नेपाली कांग्रेसले जनाएकोछ ।
अहिलेसम्म कञ्चनपुरका ९२, अछामका ९१, बैतडीका ८४, दार्चुलाका ६१, डोटीका ६५ र बझाङका ९४ वडामा अधिवेशन सकिएको छ ।