धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

स्थानीयतह अस्थाई करार कर्मचारी हकहित मञ्चको अध्यक्षमा बुढा

स्थानीयतह अस्थाई करार कर्मचारी हकहित मञ्चको अध्यक्षमा बुढा

टिकापुर । जानकी गाउँपालिकामा कार्यरत अस्थायी, करार  ज्यालादारी कर्मचारीहरुको भेलाले जानकी गाउँपालिका९ वडा सचिब  प्रेम बहादुर बुढाको अध्यक्ष्यतामा १७ सदस्यि स्थानीय तह अस्थाई करार कर्मचारी हकहित मञ्च गठन गरिएको छ ।

मञ्चको उपाध्यक्षमा वडा नम्बर ४ का सचिब पुर्ण बहादुर बिष्ट र  सुचना प्रविधि अधिकृत जसोदा कठरिया, सचिबमा लेखाशाखा भरत बहादुर थापा, कोषाध्यक्षमा आधारभुत स्वास्थय केन्द्र लायकपुर टंकु भण्डारी, सहसचिबमा न्यायिक शाखाका नेत्रप्रसाद जैशी र सदस्यहरुमा  रोजगार शाखाका तप्त अधिकारी, योजना तथा पूर्वाधार शाखाका रामकृष्ण चौधरी, राजश्व शाखाका गंगाराम चौधरी, जानकीनगर स्वास्थ्य चौकीका कमल ढुंगाना रहेका छन् ।

यसैगरी पन्जिकरणशाखा  सागर कठरिया, सहकारी शाखा रामप्रसाद चौधरी, कृर्षि शाखाका प्रियंका चौधरी, सवारी चालकहरबाट रामलाल चौधरी, कार्यालय सहयोगी हरु बाट जगदिश चौधरी र चौकीदारहरु बाट राम बहादुर रावल पनि सदस्य रहेका छन ।

भेलाले जानकी गाउँपालिका वडा नम्बर ३ का वडा सचिब गणेश बहादुर थापाको संयोजकत्वमा ५ सदस्यि सल्लाहाकार समिति समेत गठन गरेको छ । जसको सदस्यमा  न्यायिक शाखाका खेम बहादुर कठरिया, रोजगार शाखा विश्राम चौधरी, बक्लौवा आधारभुत स्वास्थय केन्द्रका उर्मिला रावल र पशुसेवा शाखाका एशिश चौधरी रहेका छन ।

भेला समापन गर्दै मन्चले गाउँपालिकामा कार्यरत अस्थायी, करार ज्यालादारी कर्मचारीहरुको हकहितका लागि गाउँपालिकामा आवज बुलन्द गर्ने त्यसका लागि सम्पुर्ण कर्मचारीहरु एकजुट भएर यस अभियानमा लाग्न आग्रह गरे ।

भेलालाई स्थानीय तह अस्थाई करार कर्मचारी हकहित मञ्च सुदुरपश्चिम प्रदेसका सहसचिब दिपेश बजगाईले सहजिकरण गरे । मन्चको बैठक २०७८ भदौ ३१ गते दिउँसो ३ बजे दुर्गौली स्वास्थय चौकी हलमा बस्ने मञ्चका सचिब भरतबहादुर थापाले बताए ।