धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

विद्यार्थी र अटो चालकलाई धनगढीमा सोमबारदेखी खोप लगाइने

विद्यार्थी र अटो चालकलाई धनगढीमा सोमबारदेखी खोप लगाइने

धनगढी । धनगढी उपमहानगरपालिकाले कक्षा १२ को परिक्षामा सहभागि हुने विद्यार्थी र धनगढी भित्रका अटो रिक्सा चालकलाई सोमबार देखी कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने भएकोछ ।

धनगढी उपमहानगरपालिकाले विद्यालयमै गएर विद्यार्थीलाई खोप लगाएको थियो । तर केही विद्यार्थी छुटेको हुनसक्ने भन्दै त्यसता विद्यार्थीलाई भोली (सोमबार) खोप लगाइने धनगढी उपमहानगरपालिकाका स्वास्थ्य इन्चार्ज लक्ष्मी उपाध्यायले बताए ।

उनका अनुसार विद्यार्थीलाई धनगढी उपमहानगरपालिकाकै प्राङ्गणमा विहान ११ बजे देखी यस्ट्राजेनिका कम्पनिको खोप लगाइनेछ । अधिकांस विद्यार्थीलाई विद्यालयमै गएर हामीले खोप लगाइसकेका छौं, स्वास्थ्य इन्चार्ज उपाध्यायले भने,‘छुटेका विद्यार्थीलाई भोली खोप प्रदान गर्नेछौं, ४ सय जना विद्यार्थी छुटेको हुनसक्ने अनुमान गरिएकोछ ।

यसैगरी धनगढी उपमहानगरपालिकाले नगरभित्र रहेका अटो रिक्सा चालकलाई पनि सोमबार (भोली) कोरोना विरुद्धको खोप लगाउने भएको छ । धनगढीमा १ हजार देखी १२ सय जना सम्म अटो रिक्सा चालक रहेको हुन सक्ने अनुमान गरिएको बताउँदै उपाध्यायले ती चालकलाई कैलाली उद्योग बाणिज्य संघमा खोप लगाउने व्यवस्था गरिएको बताए ।

भारतबाट आउने नागरिकलाई सोझै बोकेर ल्याउने अटो चालक कोरोना संक्रमणको उच्च जोखिममा हुने गर्दछन्, उनले भने,‘त्यसैले उनिहरुलाई खोपको प्राथमिकतामा राखिएकोहो, १९ वटै वडाका अटो चालकलाई खोप लगाइनेछ । अटो रिक्सावालाई रिक्साको ब्लुबुकका आधारमा खोप लगाइने उनले बताए ।