धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

ओलीले भने - सुदूरपश्चिमको इन्चार्ज लेखराज नै हुन्

ओलीले भने - सुदूरपश्चिमको इन्चार्ज लेखराज नै हुन्

धनगढी । नेकपा एमालेका अध्यक्ष केपिशर्मा अ‍ोलीले एमाले सुदूरपशिचम प्रदेशको अध्यक्षमा लेखराज भट्टनै रहेने स्पष्ट पारेका छन् ।

संसद विघटन पछि एमालेका तत्कालिन सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल माधव समुहमा लागेका थिए । भीम रावल माधव समुहमा लागेपछि माओबादी केन्द्र छोडेर एमालेमा आएका लेखराज भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिएका थिए ।

तर एमालेको १० बुदे सहमति पछि भीम रावलले आफुनै एमालेको सुदूरपशिचम इन्चार्ज रहेको दावी गरेका थिए । सोही विषयमा लेखराज भट्ट र रावल विच मतभेद भएपछि ओलीले आइतबार बिहान दुवै नेतालाई बालकोट बोलाएका हुन् ।

बोलकोटमा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्टनै रहने र भीमरावललाई केन्द्रिय उपाध्यक्ष तथा सहजिकरणको भूमीकामा रहेर काम गर्न आग्रह गरे ।

उक्त छलफलमा उपाध्यक्ष रावल र लेखराज भट्ट संगै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा समेत उपस्थित भएका थिए । ओलीले जेठ २ मा पूर्णरुपमा फर्कन नसकिने जनाएका थिए । 

तर भीम रावलले भने पार्टी २ जेठ २०७५ मा फर्केपछि पुन आफुले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान राखेको जनाइएकोछ ।