धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

१० बुदे सहमति कार्यान्वयन नभए एमालेमा बस्नुको औचित्य छैन : रावल

१० बुदे सहमति कार्यान्वयन नभए एमालेमा बस्नुको औचित्य छैन : रावल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुदे सहमति कार्यान्वयन नभए एमालेमा बस्न उचित नहुने बताएका छन् ।

आइतबार एमाले अध्यक्ष केपि शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्ट रहने दावी गरेपछि रावलले १० बुदे कार्यान्वयनमा चुनौती थपिएको बताए ।

ओली संग भएको कुराकानी पछि  रुष्ट बनेका रावल एमाले दलको बैठकमा समेत गएका थिएनन् । प्रतिनिधिसभा बैठक पछि सिंहदरबारमा आफू निकटका नेता सँग १० बूँट सहमति कार्यान्वयनमा चुनौती थपिएको बताए ।

सिंहदरबारमा प्रतिनिधिसभा सदस्य झपट रावल र एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीसँग रावलले १० बुँदे सहमति कार्यान्वयन आवश्यक रहेको र उक्त सहमति कार्यान्वयन नभए समस्या हुने बताएका हुन् ।

जोशी एमालेमा विवाद हुँदा रावलले गठन गरेको समानान्तर कमिटीको सुदूरपश्चिम अध्यक्ष थिए । सिंहदरबारभित्रै भएको छलफलमा रावलले आइतबार बिहान ओली निवासमा भएको छलफलबारे जानकारी गराएका थिए ।

उनले अध्यक्ष ओलीले सुदूरपश्चिममा भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू पनि नरहने आसय व्यक्त गरेका थिए ।