धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सरकारी कामकामजी भाषामा नराखेको भन्दै रानाथारु आन्दोलनमा

सरकारी कामकामजी भाषामा नराखेको भन्दै रानाथारु आन्दोलनमा

धनगढी । सुदूरपशिचमका ५ वटा भाषलाई सरकारी कामकाजी भाषामा राख्दा जानी जानी रानाथारु भाषालाई कामकाजी भाषामा नराखेको भन्दै कैलाली कञ्चनपुरका रानाथारु आन्दोलनमा उत्रेका छन् ।

भाषा आयोगले गरेको शिफारिषमा रानाथारु भाषा १ नम्बरमै राखिएकोमा सुदूरपशिचम प्रदेश सरकारले जानीजानि राना कामकाजी भाषाको सूचिबाट अटाएको राना थारु समुदाको आरोप छ । प्रदेशका ५ वटा भोषालाई सरिकारी कामकाजीको भाषामा समावेस गर्दा प्रदेश सरकारले रानाथारुलाई छुटाएकोछ, ‘राना थारु समाजका अध्यक्ष कृपाराम रानाले भने,‘सरकारलेनै हामी माथी अन्याय गरेकोछ, न्यायका लागि हामी आन्दोल गर्न बाध्य भएका हो ।

सरकारी कामकाजीको भाषामा कुनैपनि समुदायको भाषा सुचिकृत गर्दा १ प्रतिशत जनसंख्या भएको हुनुपर्ने प्रावधान रहेकोछ । सुदूरपश्चिम प्रदेशको २७ लाख जनसंख्यामा १२ प्रतिशत रानाथारु रहेको उनले बताए । कैलाली, कञ्चनपुरमा करिव साढे ३ लाख राना थारुको बसोबास रहेकोछ, ‘उनले भने, ‘यो १२ प्रतिशत बढी हो, हाम्रो भाषा पनि सरकारी कामकाजी भाषा हुनुपर्दछ । सुदूरपश्चिममा अन्य भाषामा पठनपाठन नभएको बताउँदै उनले कैलाली र कञ्चनपुरका ७ वटा विद्यालयमा राना थारु भाषामा अध्यापन हुँदै आएको बताए ।

सुदूरपशिचम प्रदेश सरकारले थारु, डोटेली, बैतडेली, बझाङ्गी र अछामी भाषालाई कामकाजी भाषामा समावेस गरेकोछ ।

सरकारी कामकाजी भाषामा आफ्नो भाषा समावेस नगरिएपछि कैलाली कञ्चनपुरका राना थारु समुदायले आज प्रदेशको अस्थाई सदरमुकाम धनगढीमा आज ९सोमबार० बिरोध ¥याली आयोजना गरेकोछ । रानाथारुको हक अधिकारका लागि गठित ८ वटा समितिको सहभागिता रहने बिरोध ¥यालीमा ¥यालीमा १० हजार राना थारुको सहभागिता रहने राना अगुवा कमल रानाले बताए ।

यसैगरि सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत राना थारुको समावेशिता नरहने गरि व्यवस्था गरिएको भन्दै राना थारु समुदायले विरोध जनाएका छन् ।