धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नेकपा (एस) का प्रदेशसभा सदस्यहरुको पहिलो बैठक बस्दै

नेकपा (एस) का प्रदेशसभा सदस्यहरुको पहिलो बैठक बस्दै

धनगढी । एमाले परित्याग गरी नेपका (एस) रोजेका सुदूरपश्चिम प्रदेशसभा सदस्यको आज पहिलो बैठक बस्ने भएकोछ । बैठकले आजै संसदिय दलको नेता चयन गर्न सक्ने जनाइएकोछ ।

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादीको संसदिय दलको नेता बन्न ३ जना आकांक्षि देखिएका छन् ।  बैतडीकी माया भट्ट, कञ्चनपुरका तारालामा तामाङ र कैलालीका दिर्घ सोडारीले एकिकृत समाजबादी पार्टीको संसदिय दलको नेता बन्ने आकांक्षा देखाएका छन् ।

तीन जना मध्य कञ्चनपुरका तारालामा तामाङ र कैलालीका दिर्घ सोडारीको चर्चा बढी छ । तारालामा तामाङ नेकपा एसमा आउँदा संसदिय दलको नेता बनाउने सहमति भएको चर्चा चलेपनि त्यसको पुष्टि भएको छैन ।

कैलालीका दिर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा नेकपा एसलाई ठुलो दल बनाउन भुमिका खेलेका कारण आफुलेनै संसदिय दलको नेता बन्न पाउनुपर्ने दावी गर्दै आएका छन् । माया भट्ट समाजबादीकी केन्द्रिय सदस्य हुन् ।

यसैविच प्रदेशसभामा नेकपा एसको पहिलो बैठक आज ( सोमबार) बस्दैछ । दल गठनपछि बस्ने पहिलो बैठमका संसदीय दलको नेता समेत चयन गर्ने संभावना रहेको प्रदेश सभा सदस्य तारा लामा तामाङले बताए ।

उनले बैठकका लागि हुने छलफलका एजेण्डा भने तय नभईसकेको बताए । उनले पार्टीलाई अझै बलियो बनाउन आगामी रणनीति तथा समसामयिक विषयमा आजको बैठकमा छलफल हुने बताए । बैठकमा संसदिय दलको नेताका विषयमा पनि कुरा उठ्न सक्दछ, लामाले भने,‘त्यस विषयमा हामी छलफल गर्नेछौं, सहमतिकै आधारमा नेता चयन गरिनेछ ।