धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

गौरीगंगा नगरपालिकामा पाँच दलिय गठबन्दनको तालाबन्दी

गौरीगंगा नगरपालिकामा पाँच दलिय गठबन्दनको तालाबन्दी

धनगढी । अनियमित तरिकाले रोयल्टि संकलन गरिएको, आवश्यकता भन्दा बढी कर्मचारी राखिएको लगायत ६ बुदे माग राखेको ५ दलिय गठबन्धनले कैलालकिो गौरिगंगा नगरपालिकामा तालावन्दी गरेकोछ ।

६ बुदे माग पुरा नभएपछि नगरपालिकामा तालावन्दी गरिएको गठबन्धनले जनाएकोछ । तालावन्दी गर्नेमा नेपाली कांग्रेस, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपा र राष्ट्रिय जनमोर्चा रहेका छन् । माग सम्बोधन नभएसम्म ताला नखोल्ने गठबन्धनको चेतावनी छ ।

गत भदौ ५ गते पाँचवटै दलले संयुक्त गठबन्धनकातर्फबाट ज्ञापनपत्र बुझाउँदै ६ बुँदे माग अघि सारेका थिए । गठबन्धनले नगर शिक्षक कार्यविधि संशोधन गर्नुपर्ने, करार कर्मचारीको हकमा समिति बनाएर आवश्यकताभन्दा बढी कर्मचारीलाई हटाउनुपर्ने, रोयल्टीको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

यसैगरी  विद्यालयको आवश्यकताअनुसार विद्यालय व्यवस्थापन समितिको विषय शिक्षकको दरबन्दी कायम गर्नुपर्ने, लामो समयदेखि निजी स्रोतमा काम गर्दै आएका शिक्षकहरुलाई प्रक्रिया मिलाएर नियुक्त गर्नुपर्ने र नगरपालिकाको बेरुजु फर्छ्यौट गर्नुपर्ने माग पत्रमा उल्लेख छ ।