धनगढी पोष्ट
सोमबार, २८ भदौ २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली पुगेका छन् ।
सुदूरपशिचम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावल र भट्टविच विवाद चलिरहेकै वेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधी संग भेट गरेका छन् ।
लेखराज भट्टका स्वकिय सचिव उद्धब भट्टराईले भोली (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका बोरेमा छलफल भएले सोही छलफलमा सहभागि हुन भट्ट कैलाली पुगेका बताए । यसैगरी बुधबार कैलालीको गेटामा निर्माणधिन मेडिकल कलेजका बारेमा छलफल रहेको उनले बताए । ‘यहाँका विकासका सवालमा छलफल गर्न इन्चार्ज ज्यू कैलाली आउनु् भएकोहो, ’ स्वकिय सचिव भट्टराईले भने,‘दुई दिन सम्म यहाँका विकास निर्माणका काममा छलफल हुनेछ ।’
स्वकिय सचिब भट्टराईले एमाले सुदूरपशिचम प्रदेश इन्चार्जकै रुपमा लेखराज कैलाली आउनु भएको बताए । ‘भोली एमालेको केन्द्रिय कमिटि बैठक छ,’ उनले भने,‘सो बैठकले जिम्मेवारी हेरफेर गरे उहाँको भूमिका फेरिन सक्ला तर अहिले इन्चार्ज उहाँनै हो, सुदूरपशिचममा इन्चार्जकै भुमिकामा आउनुभएकोहो ।’