धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने नेकपा (एस)को निर्णय

मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने नेकपा (एस)को निर्णय

धनगढी । नेकपा एकिकृत समाजबादी पार्टीले सुदूरपशिचम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेकोछ ।

नेकपा एसको सोमबार बसेको पहिलो संसदिय दलको बैठकले नेकपा माओबादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाईनै समर्थन गर्ने निर्णय गरेकोहो । सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकारमा नेकपा एसका ३ मन्त्री र २ राज्यमन्त्री सहभागि छन् ।

यसैगरी सोमबार बसेको बैठकले नेकपा एकिकृत समाजबादी पार्टी सुदूरपश्चिम प्रदेश संसदिय दलको विधान मस्यौदा तयार पार्न तीन सदस्यीय समिति गठन गरेकोछ ।

उक्त समितिमा नेकपा एसकी प्रदेशसभा सदस्य दुर्गा विक, कुलविर चौधरी र अमर साउँद रहेका नेकपा एसकी केन्द्रिय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।

उनका अनुसार सोमबार ज्येष्ठ प्रदेससभा सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको संसदिय दलको बैठकले संसदिय दलको नेता भने चयन गरेको छैन । मंगलबार पुनः बैठक बस्ने र सो बैठकमा संसदिय दलको नेता छनौटका बारेमा छलफल हुन सक्ने मन्त्री जोशीले बताइन् ।

समाजवादीपार्टी सुदूरपशिचम प्रदेश संसदिय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङ लगायतका आकांक्षी छन् ।

श्रोतका अनुसार सोमबार बसेको नेकपा एसको संसदिय दलको बैठकमा दलको नेता छनौटका विषयमा सामानय छलफल भएको थियो । छलफलमा आकांक्षि धेरै खेदिएको र सुरुकै वैठकमा विवाद हुने भन्दै सो बिषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको थियो ।