धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

एमाले विभाजन पछि पहिलो पटक धनगढी पुगे भीम रावल

एमाले विभाजन पछि पहिलो पटक धनगढी पुगे भीम रावल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल पार्टी विभाजन पछि पहिलो पटक धनगढी आएका छन् । श्री एअरलाइन्सको नियमित उडान मार्फत रावल धनगढी पुगेका हुन् धनगढी पुगेरका उपाध्यक्ष रावलले एमाले संगै विभाजन पछि सामाजबादी पार्टी रोजेका नेकपा (एस)का प्रदेसभा सदस्य संग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएकोछ ।

एमालेले सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिने प्रस्ताव राखेपछि भीम रावल रुष्ट बनेका छन् । २०७५ जेठ २ अघि एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्ष आफुनै रहेको बताउँदै उपाध्यक्ष रावलले त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

१० बुदे सहमति कार्यान्वयन गर्ने सहमति पछि रावल एमालेमा फर्केका थिए ।  तर अहिले १० बुदे सहमति कार्यान्वयन नभएको भन्दै उनि रुष्ट बनेका छन् ।