धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

त्रिपाल मुनी पठनपाठन

त्रिपाल मुनी पठनपाठन

धनगढी । विद्यालय भवन खोलाले बगाएपछि दार्चुलाको नौगाढ गाउँपालिका६को समौजी आधारभूत विद्यालयले त्रिपाल टाँगेर पठनपाठन सञ्चालन गर्न थालेकोछ ।

साउन ४ गते परीगाउँ खोलामा आएको बाढीले विद्यालय भवन बगाएको थियो । कोरोना संक्रमणका कारण सो समय विद्यालय बन्द रहेका कारण पनर्निमाणमा कुनै चासो नदिएपपछि अहिले त्रिपाल टाँगेर पठनपाठन सुरु गर्नुपरेको हो ।

वडा नं. ६ का अध्यक्ष गोरे धामीका अनुसार खोलाले विद्यालय भवन बगाएपछि नयाँ भवनका लागि कुनै निकायले सहयोग गरेका छैनन् । विद्यालय सञ्चालन नहुँदा तत्काल भवन निर्माणमा कसैको ध्यान गएन,‘उनले भने,‘अहिले विद्यालय सञ्चालन हुँदा त्रिपाल टाग्नुपर्ने अवस्था आएकोहो ।

पोहर साल देखि हालसम्म विद्यालयलाई गाउँपालिकाले पनि नहेरेको र सो टेन्ट पनि जिल्ला रेडक्रस सोसाइटि वाट प्राप्त भएको उनले वताए । बाढीले बगाएपश्चात अस्थायीरुपमा टेन्ट मार्फत विद्यालय संचालन भइरहेको गाउँपालिका सूचना अधिकृत एवंम शिक्षा शाखा प्रमुख प्रेमराज जोशीले जानकारी दिए ।

गाउँपालिकाका कार्यकारी अधिकृत प्रितमसिंह ठगुन्नाले विद्यालयको अवस्था अत्यन्तै नाजुक भएको हुँदा यस वर्ष भवन निर्माणका लागि टेण्डर आह्वान पक्रिया भएको बताए ।