धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएकोछ । 
अस्पतालमा सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार अस्पतालको ल्यावमा १ सय ५९ जनाको स्वाव परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएकोहो । हाल सेती प्रादेशिक अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।