धनगढी पोष्ट
मङ्गलबार, २९ भदौ २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटिका संयोजक भीमबहादुर राववले एमाले रक्षाका लागि आफु जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
मंगलबार धनगढी स्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तासंग छलफल गर्दै राववले व्यक्ति भन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफु त्याग गर्न तयार रहेको बताए । तर कसैले पाखा लगाउन खाजेको खण्डमा भने त्यसको परिणाम नराम्रो हुने बताए ।
‘एमाले बचाउनकालागि म मात्र हैन सवै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ,‘रावलले भने,‘तर त्यगलाई कम्जोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठुलो गल्ति हुनेछ ।’
उनले सम्पूर्ण कार्यकर्तालाई एकातोका पक्षमा अभिन समेत आग्रह गरे । यस अघिका तित्तता विर्सेर एमालेलाई बलियो बनाउने तर्फ सवैले आग्नुपर्नेमा उनले जोड दिए ।
उनले अवसर बादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अत्रतत्र गएको बताए । लामो समय सम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलानमा परेका बताए ।