धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

प्रेम आलेलाई लक्षित गर्दै रावलले भने–नैतिकता पदमा साटे

प्रेम आलेलाई लक्षित गर्दै रावलले भने–नैतिकता पदमा साटे

धनगढी । समाजबादी पार्टी रोजेका डोटीका संघिय सांसद प्रेम आलेलाई लक्षित गर्दै नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले पदका लागि नैतिकता बेचेको टिप्पणी गरेका छन् । आलेको नम नताकेपनि रावलले पदका लागि चिप्लिएका नेताको सुदूरपश्चिमेलिले मुल्याङ्कन गर्ने बताए ।

हिजो एमालेमा कटिबद्ध छु भन्दै भाषण गरेको हामी सवैले सुनकै हौं, रावलले भने,‘आज मन्त्री नपाए पार्टीमा बस्दैन भन्दै फुत्त, फुत्त हिडेको पनि हामीले देखिसक्यौं, यस्ताले के नैतिकताको कुरा गर्नु, पदका लागि नैतिकता कहाँफ्याके पत्तै पाइएन ।

उनले पार्टीका केही मानिसलाई पटकपटक मौका दिंदा समेत अहिले साथ छोडेको बताए । पद दिंदा हिजो सम्म तपाइका लागि ज्यान दिन्छु भन्नेहरु आज छोडेर गएको देख्दा उनिहरुको स्वार्थ बुझ्ने मौका पाएं, उनले भने,‘अव विगतबाट पाठ सिक्दै जानुु पर्दछ, सवैलाई समान व्यवहार गर्नेछु ।

उनले लामो समय देखी पार्टीमा लागेका तर कुनै जिम्मेवारी नपाएकाहरुको समेत मुल्याङ्कन गरिने बताए । अव व्यक्ति हैन पार्टीलाई ध्यानमा राखेर हामी अघि बढ्नुपर्दछ,‘उनले भने,‘व्यक्ति आउनेजाने भइरहन्छ, पार्टी जीवन्त हुन्छ ।

उपाध्यक्ष रावलले पार्टी फुटाएर कसैको पनि हित नहुने बताए । एमाले बनाउन नेता कार्यकर्ताले धेरै मेहनत गरेको बताउँदै रावलले यो पार्टीलाई छोडेर अर्को पार्टीमा जाने कसैको भविश्य नरहेको बताए ।