धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिम प्रदेशका ७० जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका ७० जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशका ७० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबार प्रदेशका विभिन्न अस्पतालमा गरी एक हजार २२ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएकोहो ।

स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार प्रदेशमा २ सय ३५ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ४१ र ७ सय ८७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएकोहो । मंगलबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ६ सय ७४ पुगेकोछ । संक्रमित मध्य ८ सय ८६ जनाको मृत्यु भएको छ । शुक्रबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएकोछ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबा प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २४ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निको हुनेको संख्या ४६ हजार ४ रहेकोछ ।