धनगढी पोष्ट
बुधबार, ३० भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
बुधबार अस्पतालको प्रयोगशालामा ८५ जनाको स्वाव परिक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टिभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार बुधबार अस्पतालमा १५ जना उपचाररत रहेका छन् ।
उपचाररत १५ मध्य ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटर कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।