धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम आउँदा प्रदेश इन्चार्जमा झनै विवाद

भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम आउँदा प्रदेश इन्चार्जमा झनै विवाद

धनगढी । एमाले उपाध्यक्ष भीम बहादुर रावल र लेखराज भट्ट सुदूरपश्चिम प्रदेश आउँदा प्रदेश इन्चार्जको विवाद झनै सहतहमा आएकोछ ।

लेखराज भट्टले एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफै भएको दावी गरेका छन् । पार्टी अध्यक्ष केपि शर्मा ओलीले भीमबहादर रावलकै अगाडी आफुलाई इन्चार्जको जिम्मेवारी दिएको लेखराज भट्टको भनाईछ । उनि सोमबार सुदूरपश्चिम आएका थिए । पार्टीको कामले नभई पारिवारिक कामका लागि आफु सुदूरपशिचम आएको उनको भनाईछ ।

भट्ट सुदूरपश्चिम आएको दोश्रो दिन मंगलबार भीम रावल पनि सुदूरपशिचम पुगे धनगढी पुगेर कार्यकर्तासंग भेटघाट गर्दा उनले पार्टीलाई एकताबद्ध बनाउन आफु त्याग गर्न तयार रहेको भन्दै अभिव्यक्ति दिएका थिए । तर उनले १० बुदे सहमति कार्यान्वयनमा पनि त्यतिकै जोड दिएका थिए । रावलले त्यसो भनिरहँदा एमालेका रावल निकट नेता भने लेखराज भट्टलाई इन्चार्ज मान्न नसकिने बताउन थालेका छन् । रावललाई १० बुदे सहमति कार्यान्वयनका लागि गठित प्रदेश स्तरिय समितिको संयोजकको जिम्मेवारी दिइएकोछ ।

१० बुदे सहमति पछि पूर्ण रुपमा २०७५ जेठ २ अघिको पार्टी संरचना संचालन हुनुपर्दछ एमालेका केन्द्रिय सदस्य भानुभक्त जैशीले भने, त्यस बाहेक पार्टी अघि बढ्न खाजेमा त्यो मान्य हुँदैन, सहमति कार्यान्वयन नभए त्यसको परिणाम अर्कै हुनेछ । पुर्व बन मन्त्री समेत रहेका जोशीले २०७५ जेठ २ अघि सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीमरावल रहेको बताउँदै अब पनि भीमरावलनै प्रदेश इन्चार्ज हुने बताए ।

एमाले कस्तो हुने भन्ने असोज ३ गतेको केन्द्रिय समिति बैठकले निर्धारण गर्ने उनले बताए । आगामी असोज ३ गते एमाले केन्द्रिय समितिको बैठक बस्दैछ, उनले भने,‘सो बैठकमा हुने निर्णयका आधारमा हामी एमालेमा रहने वा नरहने भन्ने निक्र्यौल गर्नेछ, १० बेदे विपरित पार्टी गएमा हामी मान्दैनौं ।

रावल र भट्ट दुवैजना धनगढीमा आउँदा दुवै नेता विच सुदूरपश्चिममा कुनै समन्वय भने भएको छैन । रावलले गृह नगर अछाममा लामो समय नगएका कारण आफु गुह जिल्ला जान धनगढी आएको बताएका छन् भने भट्टले पनि पारिवारिक काम भएका कारण आफु धनगढी आएको बताए ।

माओबादी केन्द्र छोडेर एमालेमा लागेका भट्टले भने खुल्ला रुपमा आफुनै सुदूरपशिचम प्रदेशको इन्चार्ज भएको बताएका छन् । तर भीम रावल र आफु विच तिक्तता नभएको उनि बताउँछन् । मैले धनगढी आउँदा रावल कम्रेडलाई जानकारी गराएको थिएं प्रदेश इन्चाजर्नको जिम्मेवारी पाएका लेखराज भट्टले भने,‘त्यसको एक दिन पछि उहाँले मपनि धनगढी आए भनेर भन्नु भएको थियो, तर हाम्रो भेट भने भएको छैन, उहाँपनि व्यक्तिगत कामले आउनु भएकोहो । उनले पार्टीले दिएको जिम्मेवारी अनुसार आगामी दिनमा अघि बढ्ने बताए ।

एमाले उपाध्यक्ष भीम बहादुर रावलले भने अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई एमालले सम्मान गर्ने बताएका थिए । मंगलबार कार्यकर्तालाई संबोधन गर्दै उनले एमालेलाई ठुलो बनाउन र बलियो बनाउन अन्य पार्टीबाट आएका साथीलाई सम्मान गरिनुपर्ने बताएएका थिए । यस अघि अन्य पार्टीबाट एमालेमा आउँदा उनिहरुलाई दिइएको जिम्मेवारी वथावत राख्दै हामीले उनिहरुको सम्मान गर्नुपदछ, रावलले भनेका थिए,‘त्यसो गर्दा एमाले बलियो हुन्छ ।