धनगढी पोष्ट
बुधबार, ३० भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमको कैलाली र बाजुरा लगायत देशका विभिन्न १० जिल्लामा रहेको क्रियाशिल विवाद कांग्रेसले टुङ्गयाएकोछ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले विवाद निरुपण गरेको जनाइएकोछ । सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले बताए । तर निर्वाचन समितिले सदस्यता नामावली बुझेको भने छैन ।
छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको छ । क्रियाशिल विवाद टुङ्गयाएसंगै विवादित १० वटै जिल्लाको वडा अधिवेसन असोज ५ गते गर्ने प्रस्ताव गरिएकोछ । त्यसका लागि छलफल भइरहेको नेपाली कांग्रेस कैलालीका निर्वाचन अधिकृत टेकराज सुवेदिले बताए । विवाद समाधान भएपछि क्रियाशिल सदस्यको विवरण सार्वजनिक नभएको बताउँदै उनले क्रियाशिल विवाद प्राप्त नहुँदा सम्म निर्वाचन प्रक्रिया अघि नबढ्ने बताए ।