धनगढी पोष्ट
बुधबार, ३० भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार सुदूरपश्चिमका १ हजार ९२ जनको स्वास्थ्य परिक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएकोहो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार १ सय २३ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ४१ र ९ सय ६९ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएकोहो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुलसंख्या ४६ हजार ७ सय २६ पुगेकोछ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत संक्रमित मध्य १९ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निको हुनेको संख्या ४६ हजार २५ रहेकोछ । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण बुधबार मृत्यु हुनेको संख्या शुन्य रहेकोछ ।