धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कांग्रेस बाजुराको क्रियाशिल सदस्य विवरण सार्वजनिक, कैलालीको भने अझै सार्वजनिक भएन

कांग्रेस बाजुराको क्रियाशिल सदस्य विवरण सार्वजनिक, कैलालीको भने अझै सार्वजनिक भएन

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको बाजुरा लगायत थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्दा कैलालीको क्रिायाशिल सदस्यको सूचि भने सार्वजनिक गरेको छैन । 
बुधबार निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको बताए । 
क्रियाशील सदस्यता विवादित रहेका २१ जिल्लामध्ये ७ जिल्लाको नाम पार्टीको वेबसाइटमा राखिएपनि कैलाली लगायत १३ जिल्लाको क्रिायाशिल विवरण भने अझै साईटमा राख्न बाँकी रहेको उनले बताए । 
कांग्रेसले सुदूरपश्चिमका ७ सहित ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेकोछ । सभापतिले क्रियाशीलको अन्तिम सूची पठाएपछि निर्वाचन समितिबाट पार्टी वेबसाइटमा राखेर सार्वजनिक गरिने वैधानिक व्यवस्था कांग्रेसमा छ ।
कांग्रेसले २१ जिल्लामा असोज ५ का लागि वडा अधिवेशन तोकेको छ। काठमाडौंलगायत क्रियाशील सूची सार्वजनिक भएका जिल्लामा असोज ५ मा अब अधिवेशन हुने भएको छ । 
कैलालीमा क्रियाशिल सदस्यको सूचि सार्वजनिक नहुँदा ५ गते अधिवेसन हुने वा नहुने भन्ने अन्यौल बढेकोछ । कैलालीका लागि निर्वाचन अिधकृत तोकिएका टेकराज सुवेदिले भोली (बिहीबार) सम्म क्रियाशिल सदस्यताको विवरण सार्वजनिक भएमा कैलालीमा असोज ५ मा वडा अधिवेसन गर्न सकिने बताए । तर सदस्यता विवाद लम्बिएमा भने अधिवेसन पनि लम्बिने उनको भनाईछ ।