धनगढी पोष्ट
शनिबार, १३ असार २०७७ मा प्रकाशित
धनगढी,
सुदूरपश्चिममा प्रदेशको जयपृथ्वीराजमार्ग अन्र्तगत बैतडीको खोडपे – बझाङ सडकखण्ड अन्तरगत पर्ने धारीमा ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्य’ भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी मोहन साउँदका अनुसार दाङबाट सिमेण्ट बोकेर बझाङ जादै गरेको ना ४ ख ४४५०नम्बरका ट्रक खोड्पे नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रकका सह–चालक डोटीको जोरायल गाउँपालिका २ बुडरका २० बर्षे भुवन सब्बाको मृत्यु भएको सूचना अधिकारी साउदेले बताए । सूचना अधिकारी साउँदका अनुसार ट्रकका सह–चालकको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी ट्रक चालक गम्भिर घाइते भएका जनाइएको छ । ट्रक चालक गोदावरी नगरपालिका मालाखेतीका ३० बर्षे लवकुमार तामाङ हुन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी साउँदले बताए ।
ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । स्टेरिङ फेल भएर ट्रक दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि यकिन कारण भने नखुलेको उनले बताए ।