धनगढी पोष्ट
बिहिबार, ३१ भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएकोछ ।
बिहीबार अस्पतालमा ७३ जनाको स्वाव परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार बिहीबार अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेकोछ । ती मध्य ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटर कक्षमा राखेर उपचार भइरहेको जनाइएकोछ ।